Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

अनलाइनविचार संवाददाता
झापा, २२ असोज २०७७ । झापामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र थुनुवा सहित २५ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ७ महिला र १८ पुरुष रहेका छन् । संक्रमित सबै स्थानीय रहेको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाइले जानकारी दिनुभयो ।

आज संक्रमित हुनेमा भद्रपुर-८,१,३,६,७ र १० नं. वार्डका २ महिला र ८ जना पुरुष रहेका छन् । जसमध्ये, १ जना सुरक्षाकर्मी, १ जना हल्दिबारी ठेगाना भएका ५ जना थुनुवामा संक्रमण भेटिएको छ । उनिहरु ३२, ३५, ३९, २९, ३०, २५, ६३, ६३, २३ र २७ वर्षीय उमेरका रहेका छन् ।

यस्तै, मेचीनगर-६ र ८ नं. वार्डका ४ महिला र ६ पुरुषमा संक्रमण देखिएको छ । उनिहरु ३४, ३८, ३२, ४६, ४८, ३४, ४५, ३८, ३७ र ५७ वर्षीय उमेरका रहेका छन् ।

यस्तै, बिर्तामोड-१ र ३ नं. वार्डका १ महिला र ३ पुरुष गरि ४ जनामा संक्रमण देखिएको छ । जसमध्ये, १ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । उनिहरु ४५, ४६, २५ र ३० वर्ष उमेर का रहेका छन् । बाह्रदशी२ का ३१ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ ।

आज २५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या १ हजार ३ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभएको छ । हालसम्म ८ सय ४८ जना डिस्चार्ज भएका छन् । आजसम्म सक्रिय संक्रमित भई १ सय ४४ जना बिरामी विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

झापामा हालसम्म कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको जनाइएको छ ।

यस्तै, हालसम्म झापामा २७ हजार ५ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया