Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २२ असोज २०७७ । देशभर आज थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ हजार ५ सय ६१ र २ हजार ८ सय ३ जना पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ७५ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ४ सय ७३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ११ लाख १३ हजार ९ सय ५८ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ४ सय ६० जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई २६ हजार ६ सय ८४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १४ हजार ९ सय ६७ जना र संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सुर्खेत गरि ८ जिल्ला रहेका छन् ।

यस्तै, मनाङ र मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म २ सय ३५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४२ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, प्रवक्ता गौतमका अनुसार कोभिड-१९ का कारण आज १२ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ८ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया