Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, २१ असोज २०७७ । झापाको गौरादहमा सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादह-१ की २५ वर्षीया महिलामा संक्रमण पुष्टी भएको हो ।

नोवेल शिक्षण अस्पताल विराटनगरमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

सुत्केरी महिलाको हिंजो अप्रेशन गरेर बच्चा निकालिएको थियो । हाल सुत्केरी महिलाको र बच्चाको अवस्था सामान्य रहेको जनाइएको छ । बच्चाको भने अबको ७ दिनपछि पीसीआर गरिने जनाइएको छ ।

आज ४ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा १० महिला र २१ जना पुरुष गरि ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
हालसम्म गौरादहमा ६ महिला र १६ पुरुष गरि २२ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमित गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल ४ जना महिला र ४ पुरुष गरि ८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा गौरादह-१ का संक्रमित महिला र पुरुष गरि २ जना धरानको आइसोलेसनमा, १ जना संक्रमित महिला नोवेल अस्पतालको आइसोलेसनमा र गौरादह-६ का संक्रमित पुरुष सोही हस्पिटलको आइसोलेसनमा, आज संक्रमित सुत्केरी महिला भने, नोवेल शिक्षण अस्पताल विराटनगरको आइसोलेसनमा र आज संक्रमित २ पुरुष र १ महिलालाई भने जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिने श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया