Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरादह, २१ असोज । बढ्दो सहरीकरण सँगै झापाका पश्चिम दक्षिणी क्षेत्रका बजारहरुमा सरकारी कार्यलय, संस्थानका कार्यलय तथा गैरसरकारी संस्थाहरु बृद्वी भइरहेका छन्।

सरकारी तथा गैरसरकारी संस्थाका कार्यलयहरु थपिने क्रममा ठूला बजार केन्द्रीत भएका छन्।ग्रामीण क्षेत्रमा बसोबास गरेका नागरिकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यले स्थापना गरिएका गैरसरकारी कार्यलयहरु साना बजारमा स्थापित हुन सकेका छैनन्।

नागरिकलाई सेवाका साथै मुनाफा कमाउने उदेश्यले दक्षिणी क्षेत्रमा स्थापना भएका अधिकांश कार्यलयहरु सुरक्षा सतर्कता र संस्था संचालन गर्न सहज हुने घना बस्ती भएका बजार क्षेत्रमा रहेका छन्।दक्षिणी क्षेत्रका ठूला बजार गौरादह र गौरीगंजमा अधिकांश कार्यलय तथा संघ संस्था स्थापना भएका छन्।

झापा जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा सरकारी कार्यलय तथा गौरसरकारी संस्था ठूला बजार केन्द्रीत हुँदा ग्रामीण क्षेत्रका बासिन्दालाई सेवा लिन समस्या भएको छ।नागरिकले सहज रुपमा पाउनु पर्ने सरकारी सेवा लिन सरकारी कार्यलयहरु बजार केन्द्रीत हुँदा दुरदराजका नागरिकलाई घण्टौ समय खर्चिनु परेको गौरादह -२ का ज्ञान बहादुर खड्का बताउँछन्।

दक्षिण पस्चिम क्षेत्रमा गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका रहेका छन। गौरादह सहित आसपासका ५ वटा गाबिस मिलेर गौरादह नगरपालिका बनेको छ।साबिकका ४ वटा गाबिस मिलेर गौरीगंज गाउँपालिका बनेको छ।गाउँपालिका र नगरपालिकामा नागरिकलाई सेवा दिने सरकारी कार्यलय तथा गैरसरकारी कार्यलयहरु बिकेन्द्रीकरण हुन सकेका छैनन्।

पाँच वटा साबिकका गाबिसको ठुलो भुगोललाई समेटेर बनेको गौरादह नगरपालिकामा सबै सरकारी कार्यलयहरु गौरादह केन्द्रीत छन भने साबिकका चार वटा गाबिसहरुलाई समेटेर बनेको गौरीगंज गाउँपालिकामा पनि सरकारी कार्यलयहरु गौरीगंज केन्द्रीत रहेका छन्।

गौरादह र गौरीगंजका अन्य ठाउँ तथा साना बजारहरुमा सरकारी कार्यलयका नाममा वडा कार्यलय ,स्वास्थ्य चौकी र प्रहरी चौकी रहेका छन् भने संघ संस्थाका नाममा स्थानीय स्तरबाट संचालन भएका सहकारी संस्था मात्र रहेका छन।दक्षिणी क्षेत्रका ठूला बजारहरुमा सहरी क्षेत्रमा प्रधान कार्यलय रहेका संघ संस्थाहरुले शाखा कार्यलय तथा सेवा केन्द्र संचालन गरेका छन्।

ठूलो भुगोललाई समेटेर बनेको गौरादह नगरपालिका र गौरीगंज गाउँपालिकामा सरकारी कार्यलय बजार केन्द्रीत हुदा ग्रामीण क्षेत्रका नागरिकलाई सेवा लिन समस्या भएको छ।

कुनै कामका लागि सेवालिनु परेमा कार्यलय जानुपर्दा नागरिकले लामो समय लगाएर धाउनु पर्ने बाध्यता रहेको गौरादह नगरपालिका वडा नं -७ का मित्र बहादुर बस्नेत बताउँछन्।

सरकारी निकायका कार्यलयहरु पशु सेवा शाखा,कृषि कार्यलय तथा रेडक्रस,लघुबित्त संस्था,बैंक लगायतका अन्य कार्यलयहरु ठुला बजार केन्द्रीत रहेका छन।बजार केन्द्रीत रहेका सरकारी कार्यलयहरु केही टाढा र एक छेउमा रहदा ग्रामीण क्षेत्रका नागरिकहरुलाई कार्यलय खोज्दै हिड्नु पर्ने बाध्यता रहेको छ।

तपाईको प्रतिक्रिया