Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, २१ असोज २०७७ । झापाको गौरादहमा एकै परीवारका तिन जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा १ महिला र २ पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरु गौरादह नगरपालिका-९ का रहेका छन् । जसमा ५३ वर्षीया महिला र ५६ वर्षीय पुरुष श्रीमान, श्रीमती रहेको र १३ वर्षीय पुरुष त्यही घरमा बस्दै आएको जनाइएको छ । उनिहरुको कन्टयाक्ट ट्रेसिङको आधारमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।

यहि असोज १९ गते नगरप्रमुख शाह सहित ६४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमा यसअघि नगर प्रमुख शाहको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।

६३ जनाको रिपोर्ट भने आउन बाँकी रहेको थियो । जसमध्ये आज ४० जनाको रिपोर्ट आएको छ । जसमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने, २२ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, वडा नं. ९ का क्वारेन्टाइनका सबै र संक्रमित भई आइसोलेसनमा उपचाररत रहेका गौरादह-७ का २२ वर्षीय पुरुषको पूनः कोरोना परिक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएसँगै १५ जनाको रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले बताउनुभयो । गौरादह-७ का संक्रमित २२ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै आज उहाँलाई डिस्चार्ज गरिने जनाइएको छ ।

आज ३ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा ९ महिला र २१ जना पुरुष गरि ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

हालसम्म गौरादहमा ६ महिला र १६ पुरुष गरि २२ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमित गौरादह(१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल ३ जना महिला र ४ पुरुष गरि ७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा गौरादह-१ का संक्रमित महिला र पुरुष गरि २ जना धरानको आइसोलसनमा, १ जना संक्रमित महिला नोवेल अस्पतालको आइसोलेसनमा र गौरादह-६ का संक्रमित पुरुष सोही हस्पिटलको आइसोलेसनमा र आज संक्रमित २ पुरुष र १ महिलालाई भने जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिने श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया