Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २० असोज २०७७ । मुलुकभर आज थप १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ४० रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १० लाख ९९ हजार २ सय ७६ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४ हजार २ सय २१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई २२ हजार ७ सय ९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १३ हजार ५ सय ९१ जना र संस्थागत आइसोलेसनमा ९ हजार १ सय १८ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर र रुपन्देही गरि ७ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र रुकुम पूर्व गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म २ सय ४३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४० जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, प्रवक्ता गौतमका अनुसार कोभिड-१९ का कारण आज ९ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ५ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया