Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा

दमक, २० असोज २०७७ । झापाको दमकमा नगरप्रमुख रोमनाथ ओली सहित ५ जनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । जसमा १ महिला र ४ जना पुरुष रहेका छन् ।

यहि असोज १७ र १९ गते कोरोना संक्रमण हुन सक्ने आशंकामा दमक नगर प्रमुख रोमनाथ ओली, दमक-१० का वडाध्यक्ष बोधराज न्यौपाने सहित ८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि मेची अञ्चल अस्पतालको कोटीहोमको ल्याबमा पठाइएकोमा नगर प्रमुख ओली सहित ४ जनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ भने, बाँकी ४ जनाको रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यस्तै, दमक स्थायी घर भई विराटनगरको नोवेल मेडिकल कलेजमा आफैं सःशुल्क परीक्षण गराउने ५१ वर्षीय १ पुरुषमा पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

यो सँगै दमकमा ६२ महिला र १ सय २५ जना पुरुष गरि १ सय ८७ जनामा संक्रमण पुष्टी भएको छ ।
हालसम्म ५० महिला र १ सय ५ पुरुष गरि १ सय ५५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै, कोरोना संक्रमण पुष्टी भई ११ महिला र २० पुरुष गरि ३१ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेको जनाइएको छ । कोरोनाका कारण १ जना महिलाको मृत्यु भइसकेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
हालसम्म ३ हजार ९४ जनाको पीसीआर गरिसकिएको जनाइएको छ ।

यसैबीच, दमक नगरपालिका का नगर प्रमुख र वडाध्यक्ष मा संक्रमण देखिएसँगै कन्टयाक्ट ट्रेसिङका आधारमा अन्य पदाधिकारी तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्नुपर्ने भएको जनाउँदै थप जोखिम बढ्न नदिन आज(मंगलबार) देखि २३ गते शुक्रबार सम्म दमक नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको दमक नगर कार्यपालिकाको कार्यालयले हिंजो(सोमबार) सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया