Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १९ असोज २०७७ । मुलुकभर आज थप २ हजार ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ९ सय ३७ महिला र १ हजार ५ सय ३ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ७ सय ८१ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १० लाख ८८ हजार २ सय २९ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ३३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई २३ हजार ५ सय ७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १२ हजार ३ सय १६ जना र संस्थागत आइसोलेसनमा ११ हजार १ सय ९१ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ८ जिल्ला रहेका छन् ।

यस्तै, मनाङ, मुस्ताङ डोल्पा र रुकुम पूर्व गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म २ सय ४४ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४३ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, प्रवक्ता गौतमका अनुसार कोभिड(१९ का कारण आज १९ जनाको मृत्यु भएको छ । जसमा १४ पुरुष ५ महिला रहेका छन् ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया