Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा

गौरादह, १९ असोज २०७७ । झापाको गौरादहमा समुदायका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादह नगरपालिका-६ का ६३ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

उपचारको क्रममा करिब २ महिना अघि वी.पी.कोइराला क्यान्सर अस्पताल भरतपुरमा जानुभएको मा कोरोनाको आशंकामा पीसीआर परीक्षण गराउँदा उहाँमा संक्रमण भेटिएको हो ।

आज १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा ८ महिला र १९ जना पुरुष गरि २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

हालसम्म गौरादहमा ६ महिला र १५ पुरुष गरि २१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमित गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल २ जना महिला र ३ पुरुष गरि ५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा गौरादह-७ का एक संक्रमित पुरुष जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा, गौरादह-१ का संक्रमित महिला र पुरुष गरि २ जना धरानको आइसोलसनमा, १ जना संक्रमित महिला नोवेल अस्पतालको आइसोलेसनमा र गौरादह-६ का संक्रमित सोही हस्पिटलको आइसोलेसनमा रहनुभएको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया