Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

शान्ति सुब्बा
दमक, १८ असोज २०७७ । झापाको दमकमा १ जना संक्रमित मृतक महिला सहित समुदायका १६ जनामा संक्रमण देखिएको छ ।

जसमा कन्टयाक ट्रेसिङ्ग मार्फत ५ जना पुरुष र २ महिला रहेका छन् । यस्तै, दमक घर भई विराटनगर को विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, कोशी अस्पताल, वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आफै सःशुल्क परीक्षण गराउने ८ जनामा संक्रमण पुष्टी भएको दमक नगरपालिकाको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यहि असोज १३ गते होम क्वारेन्टाइन, क्वारेन्टाइन, स्वास्थ्यकर्मी, शंकास्पद बिरामी, अग्रपंक्तिमा रहेका कर्मचारी र कन्टयाक ट्रेसिङ्गको आधारमा गरि १ सय ३८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि मेची अञ्चल अस्पतालको कोटीहोमको ल्याबमा पठाइएकोमा कन्टयाक ट्रेसिङ्ग मार्फत ३५, ४०,४१ र ४८ वर्षीय पुरुषमा र ३१ र ३६ वर्षीया महिलामा, होम क्वारेन्टाइनमा बसेका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो ।

यस्तै, दमक स्थायी घर भई कोशी अस्पतालमा आफैं सःशुल्क परीक्षण गराई कोभिड अस्पताल विराटनगरमा उपचाररत ६८ वर्षीया महिलाको हिजो नै कोरोनाका कारणले मृत्यु भइसकेको छ ।

यो सँगै ६१ महिला र १ सय १८ जना पुरुष गरि १ सय ७९ जनामा संक्रमण पुष्टी भएको छ । हालसम्म ५० महिला र १ सय ५ जना पुरुष गरि १ सय ५५ जना संक्रमित डिस्चार्ज भएका छन् । हाल १० महिला र १३ पुरुष गरि २३ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया