Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
गौरादह, १८ असोज २०७७ । झापाको गौरादहमा समुदायका एक जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । ४५ वर्षीया एक महिलामा संक्रमण पुष्टी भएको हो ।

गौरादह-१ घर भई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत महिलामा हिंजो कोरोना पोजेटिभ पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

सोही अस्पतालमा कार्यरत रहेको बेला कोरोना संक्रमण हुन सक्ने आशंकामा पीसीआर परीक्षण गराउँदा उहाँमा संक्रमण पुष्टी भएको जनाइएको छ ।

हिंजो १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा ८ महिला र १८ जना पुरुष गरि २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

हालसम्म गौरादहमा ६ महिला र १५ पुरुष गरि २१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमित गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल २ जना महिला र २ पुरुष गरि ४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा गौरादह-७ का एक संक्रमित पुरुष जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा, गौरादह-१ का संक्रमित महिला र पुरुष गरि २ जना धरानको आइसोलसनमा र १ जना संक्रमित महिला नोवेल अस्पतालको आइसोलेसनमा रहनुभएको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया