Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

शान्ति सुब्बा
गौरीगंज, १७ असोज २०७७ । झापाको गौरीगंजमा समुदायका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । गौरीगंज गाउँपालिकाको कृषि शाखामा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टी भएको गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टी हुने गौरीगंज गाउँपालिका-२ कोरोवारी घर भएका अन्दाजी ३५ बर्षीय पुरुष रहेको जनाइएको छ । संक्रमण पुष्टी भएका पुरुषमा २०-२१ दिनअघि सामान्य ज्वरो, झाडापखाला लागेको लक्षण देखा परेर पनि निको भइसकेको तरपनि कोरोनाको आशंका लागेर वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा आज ति पुरुषमा संक्रमण भेटिएको मिश्रले बताउनुभयो ।

संक्रमित पुरुषमा अहिले कुनै पनि प्रकारको लक्षण नदेखिएकोले सुरक्षितका साथ होम आइसोलेसनमा नै बस्न लगाइएको वहाँले बताउनुभयो ।

ति पुरुषमा संक्रमण देखिएसँगै कन्ट्रयाक्ट ट्रेसिङको कार्य सुरु गरिसकिएको र आज नै संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका परीवार, आफन्त र छिमेकी गरि १६ जना कन्ट्रयाक्ट ट्रेसिङमा परिसकेको साथै थप कन्ट्रयाक्ट ट्रेसिङमा पर्नेहरुको खोजी कार्य भैरहेको बताउँदै अबका ७ दिनमा सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने मिश्रले जानकारी दिनुभयो ।

आज १ जनामा संक्रमण पुष्टी भएसँगै गौरीगंजमा २ महिला र ३२ पुरुष गरि ३४ जनामा संक्रमण पुष्टी भएको छ । हालसम्म ३३ जना डिस्चार्ज भएका छन् । आज संक्रमित पुरुष होम आइसोलेसनमा बस्नुभएको छ ।

यस्तै, हालसम्म गौरीगंजमा २३ सय भन्दा बढीको पीसीआर गरिसकिएको गौरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया