Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, १५ असोज २०७७ । झापाको गौरादहमा थप एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादह नगरपालिका-५ घर भई विराटनगरको नोवेल अस्पतालको प्रशासन शाखामा कार्यरत ४८ वर्षीया ति महिला कर्मचारीमा संक्रमण भेटिएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

सोही अस्पतालमा कार्यरत रहेकै बेला कोरोना संक्रमण हुनसक्ने आशंकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दा उहाँमा संक्रमण पुष्टी भएको हो ।

आज थप १ जनामा संक्रमण पुष्टी भएसँगै गौरादहमा कोरोना संक्रमित हुनेको संख्या ७ महिला र १७ पुरुष गरि २४ जना  पुगेको छ । जसमा ६ महिला र १४ पुरुष गरि २० जना डिस्चार्ज भइसकेका छन् ।

गौरादह-१ का कोरोना संक्रमित एक पुरुषको मृत्यु भइसकेको छ ।

यस्तै, हालसम्म गौरादह-८ का १ पुरुष र ७ नं. वार्डका अर्का पुरुष गरि दुईजना जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिएको छ । आज संक्रमित महिला भने, नोवेल शिक्षण अस्पताल विराटनगरको आइसोलेसनमा राखिएको श्रेष्ठले बताउनुभयो ।

यस्तै, गौरादहमा समुदायका ५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । यहि भदौ १२ गते समुदाय र क्वारेन्टाइनका गरि ६७ जनाको स्वाब संकलन गरि कोटिहोममा पठाइएकोमा यसअघि ६२ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने, गौरादह-६ र ८ नं. वार्डका ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, गौरादह नगरपालिकामा हालसम्म १ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । जसमा २ सय ९२ महिला र १ हजार २ सय ६३ जना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया