Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

अनलाइनविचार संवाददाता

गौरादह, १४ असोज २०७७ । झापाको गौरादहमा समुदाय र क्वारेन्टाइनका गरि ६७ मध्ये ६२ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जसमा समुदायका १८ महिला र २४ पुरुष गरि ४२ जना रहेका थिए ।

यस्तै, नमुनाखेती क्वारेन्टाइनका २२ पुरुष र ३ महिला गरि २५ जना रहेका थिए । समुदायका ५ जनाको रिपोर्ट भने होल्डमा रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

कन्टयाक्ट ट्रेसिङका आधारमा यहि भदौ १२ गते गौरादह-१ का कोरोना संक्रमित पुरुषको मृत्यु पश्चात वहाँको प्रत्यक्ष सम्पर्कमा आएका परीवार, आफन्त, स्थानीयबासी, र क्वारेन्टाइनका गरि ६७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि कोटीहोममा पठाइएको थियो ।

जसमा आज क्वारेन्टाइनका २५, कोरोना संक्रमितका मृत्यु भएको पुरुषको सम्पर्कमा आएका १३ जना गरि कुल ६२ जनाको रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले बताउनुभयो ।

गौरादह नगरपालिका-६ र ८ नं. वार्डका ५ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया