Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १४ असोज २०७७ । देशभर आज १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५ सय ८२ महिला र ९ सय ७७ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५७ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार २ सय ५ जनाको परीक्षण गरिएको छ ।

आजसम्म पीसीआर विधिबाट १० लाख २१ हजार ५ सय ३ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ४ सय २८ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई २० हजार ८ सय ९१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १० हजार ८ सय ४ जना र संस्थागत आइसोलेसनमा १० हजार ८७ जना रहेका छन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ८ जिल्ला रहेका छन् ।

यस्तै, मनाङ, मुस्ताङ, डोल्पा र मुगु गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म २ सय १ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३० जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

यस्तै, प्रवक्ता गौतमका अनुसार कोभिड-१९ का कारण आज थप ७ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा २ महिला र ५ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया