Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

शान्ति सुब्बा

गौरादह, १४ असोज २०७७ । गौरादहमा समुदायका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादह-७ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

विदेश जानका लागि काठ्माडौंको टेकु अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उहाँमा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमित पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हिंजो नै थाहा पाउने बित्तिकै हिंजो कसैलाई जानकारी नदिई काठ्माडौंबाट घरमा आउन खोज्दा संक्रमित पुरुष आएको थाहा पाएपछि हिंजो नै जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिसकिएको श्रेष्ठले बताउनुभयो ।

संक्रमितको परिवार स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि टेकु अस्पताललाई जानकारी गराई अनुमति लिएर पूर्ण स्वास्थ्य सावधानीका साथ वहाँहरु घर आउनु भएको र गौरादह नगरपालिकाको स्वास्थ्य शाखालाई आँफै जानकारी गराएको हो । स्वास्थ्य शाखाले आइसोलेसन भवन सम्म जानको लागि गाडि पठाउछु भनेता पनि नपठाएको र आँफै हिडेर आएको बताउदै परिवार स्रोतले कसैलाई सूचना नदिई काठ्माडौंबाट आएको भन्ने कुरामा सत्यता नभएको बताएको छ । (९ः५५मा पुनः सम्पादन गरिएको स.)

गौरादहमा आज १ जना पुरुषमा संक्रमण भेटिएसँगै ६ महिला १७ पुरुष गरि २३ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ६ महिला र १४ पुरुष गरि २० जना कोरोना संक्रमण मूक्त भएका छन् । गौरादह-१ का कोरोना संक्रमित पुरुषको सोमबार ज्यान गएको छ भने, गौरादह-८ का १ पुरुष र ७ नं. वार्डका अर्का पुरुष गरि दुईजना जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा रहेको जनाइएको छ ।

आफुलाइ कोरोना लागेको ति पुरुषलाई हिंजो नै थाहा भएको भएता पनि गौरादहमा कोरोना पोजेटिभको रिपोर्ट भने आज आएको श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया