Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

शान्ति सुब्बा
गौरादह, १२ असोज २०७७ । झापाको गौरादहमा पहिलोपटक कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

गौरादह-१ घर हुनुभएका ५४ वर्षीय चुडामणी तिवारी(गोविन्द)को कोरोना संक्रमणका कारण आज दिउँसो मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार यहि भदौमा मृतक तिवारी सुगर, प्रेशर र कलेजो सम्बन्धि रोगको उपचार गराउनका लागि नोवेल अस्पताल विराटनगर जानुभएको थियो ।

त्यहाँ उपचाररत रहेकै बेला यहि असोज ६ गते विराटनगरको कोशी अस्पतालको कोभिड ल्याबमा उहाँको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैबीच, गौरादहमा हालसम्म ६ महिला र १६ पुरुष गरि २२ जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये, ६ महिला र १४ पुरुष गरि २० जना कोरोना संक्रमण मूक्त भएका छन् ।

यस्तै,१ जना संक्रमित पुरुष जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया