Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ११ असोज २०७७ । देशभर आज १ हजार ५ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५ सय २४ महिला र १ हजार ४९ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय ८५ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार १ सय २३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ९ लाख ८८ हजार ३ सय २७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार २ सय ८१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई १९ हजार १९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १० हजार ६ सय ९८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ७ जिल्ला रहेका छन् ।

यस्तै, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, र हुम्ला गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म २ सय २५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३३ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, प्रवक्ता गौतमका अनुसार कोभि-१९ का कारण आज थप १० जनाको मृत्यु भएको बताउनुभयो । आज मृत्यु हुनेमा १ महिला ९ पुरुष रहेका छन् ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठ्माडौंकी ५० वर्षीया महिला रहनु भएको छ । यस्तै, काठमाडौंका ६१ र ६२ वर्षीय पुरुष, बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय पुरुष र अछामका ३४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

तपाईको प्रतिक्रिया