Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
कमल, ११ असोज २०७७ । झापाको कमल गाउँपालिकामा १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरस हुन सक्ने आशंकामा यहि असोज ८ गते ३ जना महिला र १६ पुरुष गरि १९ जनाको स्वाब संकलन गरि पठाइएकोमा १९ जनाकै रिपोर्ट नेगेटिभ आएको कोभिड-१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकाहरुमा कन्ट्याक्ट ट्रेसिङका आधारमा समुदायका १ महिला र २ जना पुरुष, क्वारेन्टाइनका १ महिला र ११ जना पुरुष, संक्रमित भई आइसोलेसनमा बसेका पुनः परीक्षणका लागि स्वाब संकलन गरिएकाहरुमा १ महिला र ३ जना पुरुष गरि १९ जनाको स्वाब संकलन गरि प्रदेश ल्याब विराटनगर पठाइएको थियो ।

कमलमा अहिलेसम्म १९ महिला र ३१ पुरुष गरि ५० जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

यस्तै, आज शहिद धर्मभक्त मा.वि. केर्खाको आइसोलेसनबाट १ जना पुरुष र होम आइसोलेसनमा बसेका १ महिला र २ जना पुरुष गरि आज ४ जना संक्रमित निको भई डिस्चार्ज भएको कोभिड-१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।

आज ४ जना डिस्चार्ज भएसँगै हालसम्म ४८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने, कोरोनाका कारण कमल-३ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल नोवेल मेडिकल कलेज विराटनगरमा एकजना संक्रमित महिला मात्र आइसोलेसनमा हुनुहुन्छ ।

यस्तै, हालसम्म शहिद धर्मभक्त मा.वि. केर्खाको क्वारेन्टाइनमा ३ महिला १२ पुरुष गरि १५ र होम क्वारेन्टाइनमा ५ महिला १६ पुरुष गरि २१ जना गरेर कुल ३६ जना कमलको क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

यस्तै, हालसम्म २ सय ९७ महिला र ८ सय २८ पुरुष गरि १ हजार १ सय २५ जनाको पीसीआर परीक्षण गरिएको विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया