Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

अनलाइनविचार संवाददाता

झापा, ११ असोज २०७७ । दमकका १ जना भेनचालक सहित झापामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ महिला र २ पुरुष रहेका छन् । उनिहरु सबै समुदायका व्यक्तिहरु रहेको जनाइएको छ ।

आज संक्रमित हुनेहरुमा बिर्तामोड-१ की एकजना ९० वर्षीया वृद्धा महिला, अर्जुनधारा-३ का ५१ वर्षीय पुरुष र दमक-५ का ४२ वर्षीय पुरुष रहेका छन् ।

दमक-५ का ४२ वर्षीय पुरुष भने भेन चालक रहेको जनाइएको छ ।उहाँको धरानमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

आज ३ जना संक्रमित थप भएसँगै झापामा हालसम्म ८ सय ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, हालसम्म ७ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना संक्रमित भई विभिन्न आइसोलेसनमा उपचाररत रहनुभएका सक्रिय संक्रमितको संख्या ६६ रहेको छ ।

आज झापाका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७ पुगेको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाइले जानकारी दिनुभयो ।

यस्तै झापामा हालसम्म २५ हजार ५ सय १४ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया