Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १० असोज २०७७ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय ११ महिला र ७ सय ९६ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ४७ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार १९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ९ लाख ७८ हजार २ सय ४ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ३ सय ३१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई १८ हजार ३ सय ४१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १० हजार ५सय ८ जना र संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ३३ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ७ जिल्ला रहेका छन् ।

यस्तै, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म २ सय २४ जना संक्रमित आइसियुमा रहेका छन् भने, २७ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

यस्तै, कोभिड-१९ का कारण आज थप ८ जनाको मृत्यु भएको छ । आज मृत्यु भएका आठै जना पुरुष मात्र रहनुभएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा सप्तरीका ६३ वर्षीय पुरुष, काठ्माडौंका २० र ७४ वर्षीय पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितपुरका ७६ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष र कैलालीका ३० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

तपाईको प्रतिक्रिया