Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ९ असोज २०७७ । झापामा आज थप १४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २ महिला र १२ पुरुष रहेका छन् । आज संक्रमण पुष्टी भएका सबै समुदायका रहेका छन् ।

आज संक्रमण पुष्टी भएका मध्ये भद्रपुर कारागारका १ महिला ९ पुरुष गरि १० जना जसमध्ये, सात कैदी बन्दी, २ जना सेक्युरीटी र एकजना कर्मचारी रहेका छन् ।

संक्रमण देखिएका कारागारका सबै ३४, ३६, २८, ७५, २२, ६०, ३२, ३९, २५ र ६० वर्षका रहेका छन् ।

यस्तै, झापा गाउँपालिका६ का दुई जना १७ र ५२ वर्षीय स्थानीय पुरुष, बिर्तामोड नगरपालिका५ की ६० वर्षीया एकजना स्थानीय महिला र शिवसताक्षीका१ का ७१ वर्षीय एकजना स्थानीय पुरुषमा गरि १४ जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभएको छ ।

आज १४ जना थपिएसँगै झापामा सङ्क्रमितको सङ्ख्या ८ सय ३६ पुगेको छ । जसमध्ये ७ सय ५७ जना उपचारपछि घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट हाल सम्म झापामा ६ जनाको मृत्यु भइसकेको छ । हालसम्म आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ७३ रहेको छ ।

यस्तै झापामा आजसम्म २५ हजार ३ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया