Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ९ असोज २०७७ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय ५३ महिला र ८ सय ६० पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर आज थप १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ५५ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार २ सय ६२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ९ लाख ६८ हजार १ सय ८५ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ४ सय ६४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई १८ हजार २ सय ८९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १० हजार ५२ जना र संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ जना रहेका छन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ७ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म २ सय २७ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३९ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप ६ जनाको मृत्यु भएको छ । जसमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा महिलामा काठ्माडौंकी ७५ वर्षीया महिला, मोरंगकी ६० वर्षीया महिला, कपिलवस्तुकी ७० वर्षीया महिला रहनुभएको छ ।

यस्तै, मोरंगका ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।

तपाईको प्रतिक्रिया