Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
गौरादह, ९ असोज २०७७ । झापाको गौरादहमा कोभिड-१९ परीक्षणका लागि १८ जना स्वास्थ्यकर्मी सहित ३३ जनाको स्वाब संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जसमा १२ महिला र २१ पुरुष रहेका थिए ।

यहि असोज ५ गते गौरादह स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र२,३ र ४नं. वार्डका, कोहवरा स्वास्थ्य चौकी र बैगुनधुरा स्वास्थ्य चौकीका १८ जना स्वास्थ्यकर्मी, कन्टयाक्ट ट्रेसिङ्का आधारमा १ महिला र १ जना पुरुष, जनता मा.वि. को क्वारेन्टाइनमा बसेका २ महिला र ११ पुरुष गरि १३ जनाको स्वाब संकलन गरि मेची प्रादेशिक अस्पताल पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

आज ३३ जना कै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

गौरादहमा अहिले सम्म ६ महिला र १६ पुरुष गरि २२ जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये, ६ महिला र १४ पुरुष गरि २० जना कोरोना संक्रमण मूक्त भएका छन् । हाल गौरादह-८ का संक्रमित पुरुष जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा रहेको जनाइएको छ भने, नोवेलमा उपचाररत रहनुभएका सोही क्रममा कोरोना पुष्टी भएका गौरादह-१ का पुरुष भने, नोवेल अस्पताल विराटनगरकै आइसोलेसनमा रहनुभएको श्रेष्ठले बताउनुभयो ।

यस्तै, हालसम्म जुरोपानी सामुदायीक भवनको क्वारेन्टाइनमा १३ जना, नमुनाखेती पाहुना घरको क्वारेन्टाइनमा २३ जना गरि गौरादहको क्वारेन्टाइनमा ३६ जना रहेको श्रेष्ठले बताउनुभयो ।

गौरादह नगरपालिकाले हालसम्म १ हजार ४ सय ९३ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरेको छ । जसमा २ सय ७१ महिला र १ हजार २ सय २२ जना पुरुष रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया