Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
कमल, ८ असोज २०७७ । झापाको कमल गाउँपालिकामा कोरोना भाइरस हुन सक्ने आशंकामा १९ जनाको स्वाब संकलन गरिएको छ । जसमा ३ जना महिला र १६ जना पुरुष रहेका छन् ।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकाहरुमा कन्ट्याक्ट ट्रेसिङका आधारमा समुदायका १ महिला र २ जना पुरुष रहेका छन्, क्वारेन्टाइनका १ महिला र ११ जना पुरुष रहेका छन् भने, संक्रमित भई आइसोलेसनमा बसेका पुनः परीक्षणका लागि स्वाब संकलन गरिएकाहरुमा १ महिला र ३ जना पुरुष गरि १९ जनाको स्वाब संकलन गरिएको कमल गाउँपालिकाको प्रेस विज्ञप्तीमा जनाईएको छ ।

आज स्वाब संकलन गरिएका सबैको पीसीआर परीक्षणका लागि प्रदेश ल्याब विराटनगर पठाइएको जनाइएको छ ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई शहिद धर्मभक्त मा.वि. केर्खाको आइसोलेसनमा १ पुरुष, होम आइसोलेसनमा १ महिला र २ पुरुष गरि ३ जना, नोवेल मेडिकल कलेज विराटनगरमा उपचाररत १ महिला गरि ५ जना आइसोलेसनमा रहनुभएको छ ।

हालसम्म ४४ जना निको भई डिस्चार्ज भएका छन् भने, कोरोनाका कारण कमल-३ का एक पुरुषको मृत्यु भइसकेको छ ।

यस्तै, हालसम्म शहिद धर्मभक्त मा.वि. केर्खाको क्वारेन्टाइनमा ४ महिला र १४ पुरुष गरि १८ जना, होम क्वारेन्टाइनमा ६ महिला र १५ पुरुष गरि २१ जना गरि ३९ जना कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

यस्तै, हालसम्म २ सय ९७ महिला र ८ सय २८ पुरुष गरि १ हजार १ सय २५ जनाको पीसीआर परीक्षण गरिएको विज्ञप्तीमा जनाइएको छ ।

अहिलेसम्म १९ महिला र ३१ पुरुष गरि कमलमा ५० जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

तपाईको प्रतिक्रिया