Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, ८ असोज २०७७ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५ सय १३ महिला र ९ सय ८४ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४ सय ४९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ९ लाख ५५ हजार ९ सय २३ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ५ सय ६५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई १८ हजार ४ सय ३७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ९ हजार ८ सय ८३ जना र संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना रहेका छन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ७ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म २ सय ३२ जना संक्रमित आइसियुमा रहेका छन् भने, २८ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप १७ जनाको मृत्यु भएको छ । जसमा ५ जना महिला र १२ जना पुरुष रहेका छन् ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा महिलामा मोरंगकी ५५ वर्षिया महिला, सुनसरीकी ८१ वर्षीया महिला, भक्तपुरकी ७३ वर्षीया महिला, काठ्माडौंकी ८२ वर्षीया महिला र धादिंगकी ३२ वर्षीया महिला रहनुभएको छ ।

यस्तै, झापाका ७८ वर्षीय पुरुष, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ८४ वर्षीय पुरुष, काठ्माडौंका ७५, ७९ र ८० वर्षीय पुरुष, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुषर नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया