Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ७ असोज २०७७ । कोभिड-१९ का कारण झापामा एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो।

विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो। उनी  असोज ५मा विराट मेडिकल कलेजमा भर्ना भएका थिए। उनको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको थियो।

झापामा आज १ जना सहित मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया