Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनलाइनविचार संवाददाता

दमक, ७ असोज २०७७ । झापा दमककी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । आज संक्रमण पुष्टी हुने महिला दमक-२ की ३० वर्षिया महिला रहनुभएको जनाइएको छ ।

दमक घर भएकी महिला नोवेल हस्पिटल विराटनगरमा उपचारको सिलसिलामा रहँदा उहाँको सोही हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टी भएको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले अनलाइनविचार लाई जानकारी दिनुभयो ।

दमकमा हिंजो मात्र ६ महिला र ८ पुरुष गरि १४ जनामा संक्रमण पुष्टी भएको थियो । आज १ जनामा संक्रमण देखिए सँगै ५३ महिला र १ सय ५ पुरुष गरि दमकमा १ सय ५८ जनामा संक्रमण पुष्टी भएको भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया