Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ७ असोज २०७७ । देशभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय २६ महिला र ७ सय ४६ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९३ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ४ सय ९७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ९ लाख ४४ हजार ४ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ७ हजार १ सय ४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई १७ हजार ४ सय १४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ९ हजार १ सय ८६ जना र संस्थागत आइसोलेसनमा ८ हजार २ सय २८ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ७ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म २ सय २० जना संक्रमित आइसियुमा रहेका छन् भने, ४३ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप ७ जनाको मृत्यु भएको छ । जसमा १ जना महिला र ६ जना पुरुष रहेका छन् ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा काठ्माडौंकी ६८वर्षिया महिला रहनुभएको छ ।

यस्तै, झापाका ८६ वर्षिय पुरुष, काठ्माडौंका १६ वर्षिय पुरुष, सिराहाका ५० वर्षिय पुरुष, ललितपुरका ७४ वर्षिय पुरुष, बर्दियाका ६४ र ३९ वर्षिय पुरुष को कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।

तपाईको प्रतिक्रिया