Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

शान्ति सुब्बा
गौरादह, ७ असोज २०७७ । झापाको गौरादहमा १ जना अटो चालक सहित २ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । आज संक्रमण पुष्टी भएका दुवैजना समुदायका व्यक्ति रहेका छन् ।

यहि असोज ४ गते कोरोना संक्रमण हुन सक्ने आशंकामा समुदायका र क्वारेन्टाइनका गरि ६७ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये समुदायका मात्र २९ जना रहेका थिए भने, क्वारेन्टाइनका ३८ जना रहेका थिए ।

हिंजो क्वारेन्टाइनका ३८ सहित ६३ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको छ भने, बाँकी समुदायका ४ जना पुरुषको रिपोर्ट भने आउन बाँकी रहेको थियो । सोहि होल्डमा रहेको रिपोर्ट मध्येबाट १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ भने, बाँकी ३ जनाको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टी भएका १ जना गौरादह-८ का ४० वर्षिय पुरुष रहेका छन् । जो अटो चालक रहनुभएको छ । यस्तै आज नै संक्रमण पुष्टी भएका गौरादह-१ का ५४ वर्षिय पुरुष रहेका छन् । उहाँ नोवेल अस्पताल विराटनगरमा उपचाररत रहेकै बेला अस्पतालमा नै पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको श्रेष्ठले बताउनुभयो ।

गौरादहमा आज थप दुई जनामा संक्रमण भेटिएसँगै ६ महिला र १६ पुरुष गरि २२ जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये, ६ महिला र १४ पुरुष गरि २० जना कोरोना संक्रमण मूक्त भएका छन् ।

यस्तै,गौरादह-८ का संक्रमित पुरुषमा कुनै लक्षण नदेखिएकोले जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिने जनाइएको छ भने, नोवेलमा उपचाररत रहनुभएका सोही क्रममा कोरोना पुष्टी भएका गौरादह-१ का पुरुष भने, नोवेल अस्पताल विराटनगरकै आइसोलेसनमा रहने श्रेष्ठले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया