Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

शान्ति सुब्बा
कमल, ६ असोज २०७७ । झापाको कमल गाउँपालिकाको १ महिलामा कोरोना संक्रमण देखिएको छ । आज संक्रमण पुष्टी हुने २२ वर्षिया महिला स्टाफ नर्स रहेको कमल-७ का वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिनुभयो ।

संक्रमित महिला कमल-७ घर भएकी विराटनगरको नोवेल मेडिकल कलेजमा कार्यरत रहनुभएको छ । उनको प्रदेश ल्याब विराटनगरमा कोरोना पोजेटिभ पुष्टी भएको जनाइएको छ ।

कमल गाउँपालिकामा आज १ जना थपिएसँगै १९ महिला र ३१ पुरुष गरी ५० जना कोरोना संक्रमित भएका छन् । यस्तै आज ९ पुरुष र ३ महिला गरि १२ जना डिस्चार्ज भएका छन् भने हालसम्म ४४जना संक्रमित डिस्चार्ज भइसकेका छन् । कमल-३ का एक पुरुषको कोरोना संक्रमण का कारण मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित भई शहिद धर्मभक्त मा.वि. केर्खाको क्वारेन्टाइनमा १ पुरुष, होम आइसोलेसनमा १ महिला २ पुरुष गरि ३ जना, नोबेल मेडिकल कलेज विराटनगरमा १ महिला गरि ५ जना संक्रमित आइसोलेसनमा उपचाररत अवस्थामा रहेका छन् ।
यस्तै, शहिद धर्मभक्त मा.वि. केर्खाको क्वारेन्टाइनमा १ महिला र १२ पुरुष गरि १३ जना, होम क्वारेन्टाइनमा ३ महिला र १७ पुरुष गरि २० जना, पाथिभरा होटल दमकमा २ जना पुरुष गरि ३५ जना हाल कमलको क्वारेन्टाइनमा रहेका छन् ।

कमलगाउँपालिकामा हालसम्म २ सय ९४ महिला ८ सय १२ पुरुष गरि १ हजार १ सय ६ जनाको पीसीआर परीक्षण गरीएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया