Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ६ असोज २०७७ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय ५९ महिला र ८ सय ९७ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय २३ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार १ सय ५४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ९ लाख ३४ हजार ९ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ७ हजार १ सय ७१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १८ हजार १ सय ४२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ८ हजार ९ सय ४९ जना र संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ८ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु, र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ९६ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३१ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

यस्तै, कोभिड-१९ का कारण आज थप २ जनाको मृत्यु भएको छ ।प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा काठ्माडौंका ५० वर्षिय पुरुष र काभ्रेप्लान्चोकको ५० वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया