Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा

गौरादह, ६ असोज २०७७ । झापाको गौरादहमा क्वारेन्टाइनका ३८ सहित ६३ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी समुदायका ४ जना पुरुषको रिपोर्ट भने आउन बाँकी रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यहि असोज ४ गते कोरोना संक्रमण हुन सक्ने आशंकामा समुदायका र क्वारेन्टाइनका गरि ६७ जनाको स्वाब संकलन गरिएको थियो । जसमा १७ महिला र ५० पुरुष रहेका थिए । जसमध्ये समुदायका मात्र २९ जना रहेका थिए भने, क्वारेन्टाइनका ३८ जना रहेका थिए ।

यहि भदौ ३१ गते गौरादह-५ की एक महिलामा संक्रमण पुष्टी भएपछी कन्टयाक्ट ट्रेसिङको आधारमा उनको प्रत्यक्ष सम्पर्कमा आएका ८ जना महिला र ३ जना पुरुष गरि ११ जनाको स्वाब संकलन गरिएको थियो ।

यस्तै, दमक नगरपालिकाका कोरोना संक्रमित एक व्यापारीको प्रत्यक्ष सम्पर्कमा आएका गौरादह(५ कै १६ जना पुरुष र ज्वरो आएकी एक महिला गरि १७ जना जसमा १२ जना अटो चालक रहेका थिए ।

त्यस्तैगरी जुरोपानी सामुदायीक भवन क्वारेन्टाइनमा बसेका ७ महिला र ३१ पुरुष गरि ३८ जना र संक्रमित युवतिको फ्लोअप परीक्षण गर्दै पीसीआर परीक्षणका लागि ति सबैको स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोेमा ६३ को रिपोर्ट नेगेटिभ आएको छ भने, ४ जनाको रिपोर्ट होल्डमा रहेको जनाइएको छ ।

हालसम्म गौरादहमा ६ महिला र १४ पुरुष गरि २० जनामा संक्रमण पुष्टी भइसकेको छ । त्यसमध्ये, भदौ ३१ गते कोरोना पोजेटिभ देखिएकी महिलाको पूनः कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएकोले ति महिला सहित २० जना नै कोरोना मूक्त भएका छन् ।

आज नै क्वारेन्टाइनका ३८ जना व्यक्तिहरुलाई ७ दिन होम क्वारेन्टाइनमा बस्ने शर्तमा बिदाई गरिएको श्रेष्ठले बताउनुभयो । हाल जनता मा.वि को क्वारेन्टाइनमा १३ जना, नमुना खेती पाहुना घर क्वारेन्टाइनमा २१ जना गरि ३४ जना गौरादह नगरपालिकाको क्वारेन्टाइनमा व्यक्तिहरु रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया