Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, ३ असोज। गौरादह नगरपालिका ५ स्थित महारानी झोडा खानेपानी निर्माणकार्यमा  लापरवाही देखिएको छ ।
आयोजना निर्माणको काम शुरु भएको दशक वितिसक्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन भने, खानेपानी आयोजनामा वनेको ओभरहेड ट्याङ्की नै चुहिन थालेको छ ।

नेपाल सरकारले करोडौँ रुपैयाँ लगानी गरी निमार्ण गरेको ओभरहेड ट्याङ्कीमा पानी चुहिन थालेपछी ट्याङ्कीनै काम नलाग्ने भएको छ । पानी खान पाइने आशामा रहेका महारानीवासीहरु निरास भएका छन् भनें ओभरहेड ट्याङ्कीबाट नागरिकको घर आगँन सम्म पानी वितरण गर्नु अगाडी नै परिक्षणको क्रममा पानी जम्मा गर्दा ओभरहेड ट्याङ्की चुहिए पछि निर्माणकार्य फितलो भएको स्थानियवासीहरुले अनुमान गरेका छन् ।

ओभरहेड ट्याङ्की निर्माण गर्दा कमसल सामाग्री प्रयोग गरी नागरिकको आँखा छल्दै आर्थिक चलखेल गर्न खोज्दा ट्याङ्की कमसल वनेको छ । खानेपानी निमार्ण गर्न इन्जिनियरहरुको टोलीले पटक पटक निरिक्षण गरी निर्माण गरिएको ट्याङ्की काम नलाग्ने गरी चर्किदा समेत खानेपानी डिभिजन कार्यालयले खासै चासो देखाएको पाइदैन ।

सञ्चारकर्मीले फोन सम्पर्क गर्दा डिभिजन कार्यालय प्रमुख सिताराम काफ्ले ओभरहेड ट्याङ्की कमसल नवनेको र परिक्षणकालमा पानी चढाउन ढिलो गर्दा चुहिएको हुनसक्ने वताएका छन् । इन्जिनियरको टोलीलाई पुन निरिक्षण गर्न पठाई त्यसलाइ मर्मत गरी टालटुल गरी काम चलाउने वताएका छन् ।

खानेपानी निर्माणको क्रममा इन्जिनियरहरु परिवर्तन भइरहने भएकाले आफु डिई भएर आउदा ओभरहेड ट्याङ्की निर्माणकार्य सम्पन्न भइसकेकाले केही कमजोरी भएमा निरिक्षण गरी सुधार गर्ने वताए । खानेपानी निर्माण स्थलमा कार्यालय भवन, डिप वोरिङ, ओभरहेड ट्याङ्की निर्माण भइसकेको छ भनें पाइप विस्तार गर्ने कार्य वाकी रहको छ ।

खानेपानीको व्यवस्था नभइसकेका कारण हाल सम्म पातालको अशुद्ध पानी खान वाद्य रहेका स्थानियवासीहरु शुद्ध खानेपानी कहिले पाइन्छ भनेर आशामा वसेका छन् । खानेपानी निर्माणको लागी उपभोक्ता समिति भए पनि भवन तथा ओभरहेड ट्याङ्की निर्माण कार्यमा समिति अनविज्ञ रहेको उपभोक्ता समितिका अध्यक्ष कपिलमणी काफ्ले वताउछन् । काफ्लेका अनुसार समितिले निर्माण कार्यमा रेखदेख र सामाग्रीको शुरक्षा मात्र गरकाले निर्माणको सम्पुर्ण कार्य खानेपानी डिभिजन कार्यालयले नै ठेक्का दिएर निर्माण गरेको वताए ।

खानेपानी डिभिजन कार्यालय झापाले निर्माणकार्यको वारेमा जानकारी लिन खोज्दा दोहोरो रोल खेलेको छ । खानेपानी प्रमुख संग विवरण माग्दा लेखा साखामा देखाउने तर लेखा साखाले इन्जिनियर देखाउने र इन्जिनियरलाई सोध्दा विदामा वसेको छु भन्ने गरेको पाइएको छ । अन्य कर्मचारी संग वुभ्mदा यसको सम्पुर्ण विवरण डिभिजन कार्यालयमा नरहेको कार्यालयका कर्मचारीले वताएका छन् । । उपभोक्ता समितिलाई सोध्दा निर्माणकार्य डिभिजन कार्यालयले गरेकाले समिति अनविज्ञ रहेको वताउछन् ।

त्यस स्थानमा निर्माण गरिएका २ वटा भवनमा पिल्लर नभएको र इटा जडान मात्र गरी छत ढलान गरेको अध्यक्ष कपिलमणी काप्mले वताउँछन् । करिव १० वर्ष पहिले देखी निर्माणकार्य शुरु गरिए पनि समयमा वजेट अभावका कारण समयमै काम गर्न नसक्दा हाल सम्ममा स्थानियवासीहरुलाई पानी ख्वाउन नसकेको अध्यक्ष काप्mले वताउछन् ।

खानेपानी निर्माणकार्यमा हाल सम्म के कती रकम निकासा भयो र कती खर्च भयो भन्ने विषयमा उपाभोक्ता समिति अनविज्ञ छ भनें खानेपानी डिभिजन कार्यालयले हिसाव देखाउनै चाहदैन । खानेपानी निर्माणकार्य सम्पन्न भइसके पछी साविक महारानी झोडाको १ देखी ६ नं. सम्मका वडाका नागरिकहरु लाभान्वित हुने अध्यक्ष काप्mले वताउछन् ।

यसै सन्दर्भमा गौरादह नगरपालिकाका मेयर रोहितकुमार साह संग वुभ्mदा कार्यालयमा खानेपानी ट्यांकीको विषयमा आधिकारिक जानकारी नआएको वताउछन् । वडा कार्यालय वार्ड नं. ५ ले त्यस विषयमा नगरपालिकामा जानकारी नगराएको वताउछन् ।

नगरपालिकाको चाहना नागरिकहरुलाई शुद्ध पिउने पानी घर आगनमा पु¥याउने लक्ष रहेतापनि हाल सम्म खानेपानी निर्माणकार्यमा ढिलासुस्ती भएकोले लक्ष पुरा नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया