Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

शान्ति सुब्बा
दमक, ६ असोज २०७७ । झापाको दमकमा २ जना स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ६ महिला ८ पुरुष रहेका छन् । आज संक्रमण पुष्टी भएकाहरु एकै परीवारका ४ जना रहेको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

यहि असोज २ गते ५६ महिला र ८४ पुरुष गरि १ सय ४० जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा हिंजो १ सय १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ भने, २२ जनाको रिपोर्ट भने आउन बाँकी रहेको थियो ।

सोहि आउन बाँकी रहेको रिपोर्ट मध्येबाट आज १४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ भने, बाँकी ८ जनाको रिपोर्ट नेगेटिभ आएको कोभिड फोकल पर्सन कुवेर भट्टराईले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टी भएकाहरु पुरानो आम्दाको दमक अस्पतालमा कार्यरत १ जना महिला र १ जना पुरुष गरि २ जना स्वास्थ्यकर्मी रहेका छन् । त्यस्तै दमक-५ का एकै परिवारका बुवा, आमा, छोरा र छोरी रहेका छन् ।

संक्रमण पुष्टी हुनेहरु दमक नगरपालिका-५ की २५ वर्षिया, ३५ वर्षिया, १७ वर्षिया महिला रहेका छन् । यस्तै, दमक-७ की ७२ वर्षिया वृद्धा महिला, दमक-४ की ४४ वर्षिया महिला रहेका छन् ।

यस्तैगरी, दमक-५ का ५२ वर्षिय पुरुष, ७० वर्षिय पुरुष र ८ वर्षिय बालक रहेका छन् । यस्तै, दमक-७ का ७६ वर्षिय पुुरुष, वार्ड नं.८ का ५६ र ३६ वर्षिय पुरुष, वार्ड नं. ४ का १८ वर्षिय पुरुष रहेका छन् ।

दमकमा आज १४ जना संक्रमित थपिएसँगै ५२ महिला र १ सय ५ पुरुष गरि १ सय ५७ जनामा संक्रमण पुष्टी भएको कोभिड फोकल पर्सन कुवेर भट्टराईले जानकारी दिनुभयो । हालसम्म १ सय २७ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेको भट्टराईले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया