Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ५ असोज २०७७ । देशभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय १८ महिला र ७ सय ३६ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभर आज थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ५ सय ३३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ९ लाख २३ हजार ८ सय २३ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ४ सय ३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १७ हजार ६ सय ११ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना र संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ८ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु, र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ९६ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३१ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

यस्तै, कोभिड-१९ का कारण आज थप १६ जनाको मृत्यु भएको छ ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा ४ महिला र १२ जना पुरुष रहेको बताए ।
जसमा झापा की ७२ वर्षिया महिला, मकवानपुरकी १७ वर्षिया महिला, ललितपुरकी ५८ वर्षिया र दोलखा की ५२ वर्षिया महिला रहेका छन् ।

यस्तै, काठ्माडौंका ५८ र ७३ वर्षिय पुरुष, सुनसरीका ४९ वर्षिय पुरुष, पर्साका ८८ वर्षिय पुरुष, भक्तपुरको ८४ र ६२ वर्षिय पुरुष, मकवानपुरको ६८ वर्षिय, ललितपुरको ६१ व्र्षिय, चितवनको ५५ वर्षिय पुरुष, रुपन्देहीको ७६ वर्षिय पुरुष र बाँकेको ५० र ५९ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

तपाईको प्रतिक्रिया