Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, ५ असोज २०७७ । झापाको गौरादहमा कोभिड-१९ परीक्षणका लागि १८ जना स्वास्थ्यकर्मी सहित ३३ जनाको स्वाब संकलन गरिएको छ । जसमा १२ महिला र २१ पुरुष रहेका छन् ।

आज स्वाब संकलन गरिएका ३३ मध्ये, गौरादह स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र२,३ र ४नं. वार्डका, कोहवरा स्वास्थ्य चौकी र बैगुनधुरा स्वास्थ्य चौकीका १८ जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । जसमा ९ जना महिला र ९ पुरुष रहेका छन् ।

यस्तै, कन्टयाक्ट ट्रेसिङ्का आधारमा १ महिला र १ जना पुरुषको स्वाब संकलन गरिएको छ ।

यस्तैगरी, जनता मा.वि. को क्वारेन्टाइनमा बसेका १३ जनाको स्वाब संकलन गरिएको छ । जसमा २ महिला र ११ पुरुष रहेका छन् । उनिहरु भारत, मलेसिया र दुवईबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

आज स्वाब संकलन गरिएका सबै जनाको पीसीआर परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको जनाइएको छ । स्वाब परीक्षण गरिएका सबै १, २, ३, ४, ५, ६, ८, र ९ नं. वार्डका रहेको जनाइएको छ । उनिहरु २ वर्ष देखि ५७ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।

हालसम्म गौरादहमा ६ महिला र १४ पुरुष गरि २० जनामा संक्रमण पुष्टी भइसकेको छ । जसमा ५ महिला र १४ पुरुष गरि १९ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् । १ जना संक्रमित महिला होम आइसोलेसनमा सामान्य अवस्थामा रहेको जनाइएको छ ।

यस्तै, हालसम्म जुरोपानी सामुदायीक भवनको क्वारेन्टाइनमा ३८ जना, नमुनाखेती पाहुना घरको क्वारेन्टाइनमा १८ जना र जनता मा.वि को क्वारेन्टाइनमा १३ जना गरि गौरादहको क्वारेन्टाइनमा ६९ जना रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले बताउनुभयो ।

गौरादह नगरपालिकाले हालसम्म १ हजार ४ सय ९३ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरेको छ । जसमा २ सय ७१ महिला र १ हजार २ सय २२ जना पुरुष रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया