Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ३ असोज २०७७ । देशभर पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय ८ महिला र ७ सय ९६ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ४७ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ३ सय ३३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ९ लाख ४ हजार ७ सय ६ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ७ सय ३५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १७ हजार १ सय २९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ९ सय ७६ जना र संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५३ जना रहेका छन् ।
यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, सुनसरी, काठ्माडौं,

चितवन, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ९ जिल्ला रहेका छन् ।
यस्तै, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु, र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ७९ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३५ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप ११ जनाको मृत्यु भएको छ ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा ७ महिला र ४ जना पुरुष रहेको बताए । जसमा मोरंगकी ६५ वर्षिया महिला, रौतहटकी ५१ व्र्षिया महिला, सर्लाहीकी ५६ वर्षिया महिला, र ललितपुरकी ७६ र ६८ वषि वर्षिया महिला रहेका छन् ।

यस्तै, काठमाडौंकी ७७ वर्षिया महिला र मकवानपुरकी ३७ वर्षिया गरेका छन् ।
यस्तै, ललितपुरका ६० वर्षिय पुरुष, काठ्माडौंका ७५ वर्षिय पुरुष, पुरुष, रुपन्देहीका ६९ वर्षिय पुरुष र बाँकेका ४५ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ ।

तपाईको प्रतिक्रिया