Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
कमल, २ असोज २०७७ । झापाको कमलगाउँपालिकामा समुदायका १० जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षणका लागि २५ जनाको स्वाब संकलन गरिएको थियो ।

यहि असोज १ गते कोरोना संक्रमण हुन सक्ने आशंकामा २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा आज १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने, बाँकी क्वारेन्टाइनका २ जना सहित १५ जनाको रिपोर्ट होल्डमा रहेको कोभिड-१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।

जसमा १२ जना महिला र ११ पुरुष गरि २३ जना समुदायका व्यक्तिहरु रहेका छन् भने, २ जना विभिन्न देशबाट आएर स्थानिय क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेका छन् । उनिहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको जनाइएको छ ।

कमलमा हालसम्म १८ महिला र ३१ पुरुष गरि ४९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । हिंजो १ जना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने, कमल-३ का एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म १६ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया