Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २ असोज २०७७ । मुलुकभर आज थप २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ६ सय ३९ महिला र १ हजार ३ सय ८१ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप २ हजार २० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय ७१ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४ सय ५८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ७ सय ३७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १७ हजार ३ सय ८३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ८ हजार ८८ जना र संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, सुनसरी, काठ्माडौं, चितवन, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र सिरहा गरि ९ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु, रसुवा र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ७३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३६ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप ७ जनाको मृत्यु भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृतकमा २ महिला र ५ जना पुरुष रहेको बताए । जसमा काठमाडौंकी ८५ वर्षिया महिला र ललितपुरकी ६६ वर्षिया महिला रहेका छन् । मोरंग का ६६ वर्षिय २ पुरुष, काठ्माडौंका ८८ वर्षिय पुरुष, भक्तपुरको ८२ वर्षिय पुरुष, नवलपरासीको ३१ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

तपाईको प्रतिक्रिया