Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १ असोज २०७७ । मुलुकभर आज थप १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय ४ महिला र १ हजार २ सय ४६ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ४३ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६ सय ४१ जनाको परीक्षण गरिएको छ ।  आजसम्म पीसीआर विधिबाट ८ लाख ८२ हजार ९ सय १५ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ८ सय ८३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १६ हजार २ सय ४१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ८ हजार ३ सय ३८ जना र संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, सुनसरी, काठ्माडौं, चितवन, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र सिरहा गरि ९ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ८२ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३९ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप ४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृतकमा ३ महिला र १ जना पुरुष रहेको बताए ।

जसमा मोरंग का ६४ वर्षिया महिला, चितवनकी ३६ वर्षिया महिला र कैलाली की ५७ वर्षिया महिला रहेका छन् । काठ्माडौंका ८७ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया