Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, १ असोज २०७७ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा काम गर्ने दुईजना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार अस्पतालको पीसीआर प्रयोगशालामा काम गर्ने एकजना र जनरल प्रयोगशालामा काम गर्ने एक प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कोशी अस्पतालमा पीसीआर जाँच प्रभावित भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासका अनुसार अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिनको रिएजेन्ट किट नहुँदा र कर्मचारीमा संक्रमण देखिएका कारण पीसीआर जाँच प्रभावित भएको हो ।

कोशीको पीसीआर ल्याबमा १० जना कर्मचारी छन् । एकजना कर्मचारीलाई कोरोना देखिएका कारण अन्य कर्मचारीले सतर्कता अपनाएर काम गरिरहेका छन् । अति आवश्यक भएकाले पीसीआर प्रयोगशाला सञ्चालनमा छ । जनरल प्रयोगशाला भने बन्द गरिएको छ । संक्रमितको कन्ट्याक ट्रेसिङका लागि इमरजेन्सी ल्याब खुला राखेर जनरल प्रयोगशाला दुई दिनका लागि बन्द गरिएको उनले बताए ।

कोशीमा ३० कर्मचारीमा कोरोना

कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ३० पुगेको छ । बिहीबार बिहानसम्म संक्रमित कर्मचारीको संख्या ३० पुगेको हो । तीमध्ये २४ जना संक्रमणमुक्त छन् । छजना कर्मचारी उपचाररत् रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दासले जानकारी दिए ।कोशी

तपाईको प्रतिक्रिया