Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

बा–आमाको मन फेरि दुख्ने भयो म के गरौ ।
टिका सँगै जमरा नी सुक्ने भयो म के गरौ ।।

साना छोरा छोरी पनि कुर्दै होलान् मेरै बाटो ।
नयाँ नाना मिठो खाना छुट्ने भयो म के गरौ ।
टिका सँगै जमरा नी सुक्ने भयो म के गरौ ।।

नपाइयो बिदा यहाँ नपाइयो तनखा नै ।
प्यारीका सपना ति छुट्ने भयो म के गरौ ।
टिका सँगै जमरा नी सुक्ने भयो म के गरौ ।।

सुन कै भाऊ भको छ रे नुन तेल बजारमा ।
महङ्गीले लुट्नु सम्म लुट्ने भयो म के गरौ ।
टिका सँगै जमरा नी सुक्ने भयो म के गरौ ।।

पोहोर कै ऋण तिरी सक्या छैन आज सम्म ।
पुस्तौ पुस्ता लाई भारी पुग्ने भयो म के गरौ ।
टिका सँगै जमरा नी सुक्ने भयो म के गरौ ।।

धितो कब्जा गर्छु भनी हिड्दै छ रे धने साहु ।
भको त्यही बास पनि उठ्ने भयो म के गरौ ।
टिका सँगै जमरा नी सुक्ने भयो म के गरौ ।।

बा–आमाको मन फेरि दुख्ने भयो म के गरौ ।
टिका सँगै जमरा नी सुक्ने भयो म के गरौ ।।

 

 

तपाईको प्रतिक्रिया