Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ३१ भदौ २०७७ । देशभर आज थप १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय ४ महिला र १ हजार ३ सय ३५ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ६८ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ९४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख ७२ हजार २ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ८ सय २० जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १६ हजार २ सय ४२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ७ सय १ जना र संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, सुनसरी, काठ्माडौं, चितवन, भक्तपुर, मकवानपुर, रुपन्देही र सिरहा गरि ८ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म १ सय ७३ जना संक्रमित आइसियुमा रहेका छन् भने, २६ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप ८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृतकमा ४ महिला र ४ जना पुरुष रहेको बताए ।

जसमा काठ्माडौंका, ७१ र ७४ वर्षिया महिला, बाराकी ४६ वर्षिया महिला, काभ्रेप्लान्चोकको ५५वर्षिया महिला रहेका छन् ।
यस्तै, सुनसरीका ७० वर्षिय पुरुष, सप्तरीका ३५ वर्षिय पुरुष, काभ्रेका ४१ व्र्षिय र कास्कीका ७० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।

तपाईको प्रतिक्रिया