Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
गौरादह, ३१ भदौ २०७७ । झापाको दमकमा नगरपालिकामा कार्यरत १ कर्मचारीमा सहित ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ७ जना पुरुष र १ जना महिला रहेका छन् ।

यहि भदौ २६ गते समुदायका र क्वारेन्टाइनका गरि ९६ जनाको स्वाब संकलन गरि वी.पी. कोइराला विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा आज ८ जनामा संक्रमण पुष्टी भएको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराइले जानकारी दिए ।

जसमध्ये ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने, ४ जनाको रिपोर्ट होल्डमा रहेको कोभिड फोकल पर्सन कुवेर भट्टराइले जानकारी दिए ।

आज संक्रमण पुष्टी हुनेहरु दमक नगरपालिका-९ का २५ वर्षिय पुरुष, १० नं. वार्ड का ८ वर्षिय बालक, दमक-१ का ४४ वर्षिय पुरुष, ८ नं. वार्डका ४७ वर्षिय पुरुष, ५ नं. वार्डका ५० वर्षिय पुरुष, ४ नं. वार्डका ४७ वर्षिय पुरुष र १९ वर्षिय पुरुष रहेका छन् । यस्तै, दमक-४ की १४ वर्षिया महिलामा कोरोना भेटिएको छ ।

उनिहरुको कन्टयाक्ट ट्रेसिङको आधारमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

आज ८ जना कोरोना संक्रमित थपिए सँगै दमकमा हालसम्म ४१ म्हिला र ९६ पुरुष गरि १ सय ३७ जना कोरोना संक्रमित पुष्टी भएका छन् । यस्तै, हालसम्म २४ महिला र ७६ पुरुष गरि १०० जना डिस्चार्ज भइसकेको भट्टराइले बताए ।

तपाईको प्रतिक्रिया