Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ३० भदौ २०७७ । मुलुकभर आज थप १ हजार ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ सय ४६ महिला र १ हजार १३ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ६२ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ३ सय ७५ जनाको परीक्षण गरिएको छ । आजसम्म

पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार ७ हजार २ सय ५० जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १५ हजार ७ सय ७९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ६ सय ४० जना र संस्थागत आइसोलेसनमा ८ हजार १ सय ३९ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, सुनसरी, काठ्माडौं, चितवन, भक्तपुर, मकवानपुर र रुपन्देही गरि ७ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ७४ जना संक्रमित आइसियुमा रहेका छन् भने, २८ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप ११ जनाको मृत्यु भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृतकमा ४ महिला र ७ जना पुरुष रहेको बताए ।

जसमा काठ्माडौंकी ८६ वर्षिया महिला, सिरहाकी ३५ वर्षिया महिला, बाराकी ५५ वर्षिया महिला र रुपन्देहीकी ६४ वर्षिया महिला रहेका छन् ।
यस्तै, काठ्माडौंका ९६, ६६, र ३४ वर्षिय पुरुष गरि ३ जना, सर्लाहीका ६४ वर्षिय पुरुष, बाराका ५५ वर्षिय पुरुष, मकवानपुरका ६१ व्र्षिय पुरुष र कपिलवस्तुका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।

तपाईको प्रतिक्रिया