Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, ३० भदौ २०७७ । झापाको गौरादहमा कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षण गरिएका ५४ मध्ये ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमा ३२ जना क्वारेन्टाइनका र २० जना समुदायका रहेका छन् ।

कोरोनाको जोखिम बढ्न नदिन यहि भदौ २८ गते गौरादह नगरपालिका वडा नं. ५ को नमुना खेतीको क्वारेन्टाइनमा बसेका ८ जना महिला र २४ पुरुष गरि ३२ जना र कन्टयाक्ट ट्रेसिङका आधारमा ४ जना महिला र १८ पुरुष गरि २२ जना गरेर ५४ जनाको स्वाब संकलन गरि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड ल्याबमा पठाइएको थियो ।

जसमा क्वारेन्टाइनका ३२ सहित समुदायका २० जनाको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् । जसमध्ये समुदायका २ जनाको पीसीआर परीक्षणको रिपोर्ट भने होल्डमा रहेको श्रेष्ठले बताए । रिपोर्ट आउन बाँकी रहेका गौरादह-५ का २५ वर्षिय पुरुष र २३ वर्षिया महिला रहेका छन् ।

क्वारेन्टाइनमा बसेका ३२ जनाको रिपोर्ट आज नेगेटिभ आएपछि उनिहरुलाई ७ दिन होम क्वारेन्टाइनमा नै बस्न सुझाव दिदै विदाई गरिएको जनाएको छ । यस्तै, हालसम्म जुरोपानीको क्वारेन्टाइनमा ३४ र जनता मा.वि. को क्वारेन्टाइनमा १४ जना गरि ४८ जना गौरादहको क्वारेन्टाइनमा रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले बताए ।

गौरादहमा अहिलेसम्म ५ महिला र १४ पुरुष गरि १९ जनामा मात्र संक्रमण पुष्टी भएको छ । जसमा सबैजना संक्रमित डिस्चार्ज भइसकेको जनाइएको छ ।

गौरादहमा हालसम्म १ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । जसमा समुदायका ५ सय ५४ जना रहेका छन् भने, ८ सय ३२ जना क्वारेन्टाइनका रहेको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया