Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, २९ भदौ २०७७ । मुलुकभर आज थप १ हजार १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३ सय ९९ महिला र ७ सय ७१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय ७९ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ८ सय ७८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख ५१ हजार ४ सय ५ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ८ सय ९२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १५ हजार ३ सय ९३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार २ सय ७५ जना र संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, सुनसरी, सर्लाही, काठ्माडौं, चितवन, भक्तपुर र रुपन्देही गरि ७ जिल्ला रहेका छन् । सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म १ सय ७९ जना संक्रमित आइसियुमा रहेका छन् भने, २९ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, कोभिड-१९ का कारण आज थप १५ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमा ५ महिला र १० जना पुरुष रहेको बताए ।

जसमा काठ्माडौंकी ६१ वर्षिया महिला, गोरखाकी ६३ वर्षिया महिला, नवलपरासीकी ६२ वर्षिया महिला, पर्साकी ५५ वर्षिय महिला, र कपिलवस्तु की ४७ वर्षिया महिला रहेका छन् ।
यस्तै, मोरंगका ४० र ७० वर्षिय पुरुष गरि २ जना, काठ्माडौंका ७७, ६२, ७३, ८५ र ७० वर्षिय पुरुष गरि ५जना, ललितपुरका ५५ वर्षिय पुरुष, भक्तपुरका ७३ वर्षिय पुरुष र रामेछापका २३ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

तपाईको प्रतिक्रिया