Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

शान्ति सुब्बा

कमल, २९ भदौ २०७७ । झापाको कमल गाउँपालिकामा आज समुदायका थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ जना महिला र १ पुरुष रहेका छन् ।

संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षणका लागि यहि भदौ २६ गते समुदायका २७ महिला र ३५ पुरुष गरि ६२ जनाको स्वाब संकलन गरिएकोथियो ।

कोरोना संक्रमण हुन सक्ने आशंकामा कन्ट्याक्ट ट्रेसिङका आधारमा कमल गाउँपालिका भित्र रहेका समुदायका व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि प्रदेश ल्याब विराटनगर पठाइएकोमा २ जनाको कोरोना पोजेटिभ पुष्टी भएको बाँकी ६० जनाको रिपोर्ट नेगेटिभ आएको कोभिड-१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिए ।

उनिहरु दुवैजना कमल-३ का स्थानीयबासी रहेको जनाइएको छ । आज संक्रमित महिला र पुरुष २२ र ४० वर्षका रहेका छन् ।

यस्तैगरी, आज २ जना थपिएसँगै कमलमा हालसम्म १८ महिला र ३१ पुरुष गरि ४९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । हालसम्म ३१ जना संक्रमित निको भएर घर फर्किएका छन् भने, कमल-३ का एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया