Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
गौरादह, २८ भदौ २०७७ । झापाको गौरादहमा कोरोना भाइरस परीक्षणका लागि समुदायका र क्वारेन्टाइनका गरि ५४ जनाको स्वाब संकलन गरिएको छ । जसमा १२ महिला र ४२ पुरुष रहेका छन् ।

गौरादह नगरपालिका वडा नं. ५ को नमुना खेतीको क्वारेन्टाइनमा बसेका ८ जना महिला र २४ पुरुष गरि ३२ जना र कन्टयाक्ट ट्रेसिङका आधारमा ४ जना महिला र १८ पुरुष गरि २२ जना गरि ५४ जनाको स्वाब संकलन गरि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड ल्याबमा पठाइएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । आज स्वाब संकलन गरिएकाहरु २ वर्षिया बालिका देखि ७६ वर्षिय उमेर समूहका व्यक्तिहरु रहेका छन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारत, दुवई, दक्षिण कोरिया, मलेसिया, जापान, कतार र नेपालकै कोभिड संक्रमणको जोखिममा रहेको जिल्लाबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेका छन् ।

कोरोना संक्रमण हुने आशंकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका सबै व्यक्तिहरु गौरादह नगरपालिका भित्रकै रहेको जनाइएको छ ।

गौरादहमा अहिलेसम्म ५ महिला र १४ पुरुष गरि १९ जनामा मात्र संक्रमण पुष्टी भएको छ । जसमा सबैजना संक्रमित डिस्चार्ज भइसकेको जनाइएको छ ।

यस्तै, हालसम्म नमुनाखेतीको क्वारेन्टाइनमा ३२ जना र जुरोपानीको क्वारेन्टाइनमा ३९ जना गरि गौरादहको क्वारेन्टाइनमा ७१ जना रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले बताए ।

गौरादहमा हालसम्म १ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । जसमा समुदायका ५ सय ५४ जना रहेका छन् भने, ८ सय ३२ जना क्वारेन्टाइनका रहेको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया